१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीओआरमा चार बुँदे सहमति



अ+ अ-

काठमाडौं । सहकारी ठगी सम्बन्धमा छानबिन गर्न संसदीय समितिको कार्यादेश (टीओआर) मा चार बुँदे सहमति भएको छ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा चार बुँदे सहमति भएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यदलका एक सदस्यले बताए ।

टीओआरमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने सहमति भएको छ ।