४ आश्विन २०८१, शुक्रबार
,
Latest
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ?



संघीय संसद
अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमा नाघेर बजेट ल्याउने तयारी गरेको छ ।

सरकारले आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितताबिनै ठूलो आकारको बजेट ल्याउन लागेको हो । यस पटक १९ अर्बभन्दा ठूलो बजेट ल्याइँदै छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

सरकारको स्थायित्वमा प्रश्न उठिरहेका बेला सत्तापक्षीय गठबन्धन टिकाउन र नागरिकलाई आशा देखाउन पनि बजेटको आकार बढाउने तयारी गरिएको हो । बजेट बनाउने अन्तिम बेलामा धेरै क्षेत्रबाट योजना पार्न दबाब आएको थियो । धेरै दल मिलेर बनेको सरकार र सबैका माग सम्बोधन गर्नुपर्ने बाध्यताले पनि सरकारले बजेटको आकार बढ्ने भएको स्रोतसले जनाएको छ ।

पछिल्ला दुई वर्षमा सरकारले सवादेखि साढे २ खर्बले बजेटको आकार घटाएको छ । ठूलो आकारको बजेट ल्याउँदा आगामी वर्ष पनि यही प्रवृत्ति दोहोरिने सम्भावना छ । गएको एक दशकयता सरकारले विनियोजित बजेटको औसतमा ८० प्रतिशत मात्र खर्च गर्न सकेको छ । पुँजीगत खर्चको अवस्था नाजुक छ ।

केही वर्षयता सरकारको पुँजीगत खर्च वार्षिक औसत १८.२ प्रतिशत मात्र रहेको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ ।

वित्तीय संघीयता कार्यान्वयन भएपश्चात् संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण संघीय सरकारको चालु खर्चमा लेखांकन भएकाले पुँजीगत खर्च कम रहेको सर्वेक्षणमा उल्लेख छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान ती तहबाट पुँजी निर्माणमा समेत खर्च हुने हुँदा वास्तविक पुँजीगत खर्चको आकार भने तीन तहको एकीकृत खर्चको करिब एक तिहाइ रहेको तथ्यांकमा देखिन्छ ।

यस वर्ष सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, नवउद्यम, सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिने छ । यसैगरी मूल्य नियन्त्रण गरी जनतालाई आशा जगाउने खालका केही कार्यक्रम समेत बजेटमा समावेश गरिएको स्रोतको दाबी छ ।