२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न



अ+ अ-

लमजुङ । डुम्रे-बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन सडकमा कालोपत्र गर्ने कार्य केही दिन अघि सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यस सडकमा आठ किलोमिटरसम्म दुई लेन सडक बनाएर ‘अस्फाल्ट’ किसिमको कालोपत्र गरिएको छ । पाइप कल्भर्ट, स्याल्भ कल्भटको काम, सडक चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा ९पर्खाल० उठाउने, नाली बनाउने काम सबै सम्पन्न गर्दै कालोपत्र गर्ने कार्यसमेत सम्पन्न भएको छ । १०/१० मिटरको लगतकट्टा भइसकेको यस सडकको अधिग्रहण गरेकोमध्य नालीसहित १० मिटरको चौडाइमा सडक संरचना बनेको उक्त कार्यालयले जनाएको छ ।

बजार क्षेत्रमा दुवैतर्फ नाली निर्माण गरिएको छ भने कुनै ठाउँमा एकतर्फ र आवश्यक नभएको ठाउँमा नाली निर्माण नभएको उक्त कार्यालय सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

नौ मिटर चौडाइमा कालोपत्र भएको छ । सडक कालोपत्र सम्पन्न भए पनि यतिबेला ठाउँठाउँमा भत्किएका पर्खाल मर्मत गर्ने, नाली सफा गर्ने कार्य भइरहेको छ । त्यस्तै, सडकमा रङ लगाउने कार्यसमेत सम्पन्न भएको छ भने अब ट्राफिक चिन्ह बनाउने काम बाँकी रहेको बताइएको छ ।

उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशीष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुनसकेन । पुन: म्याद थप गर्दै आगामी असार २६ गतेसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने म्याद थप गरिएको थियो । उक्त कार्यालय इञ्जिनियर पोखरेलका अनुसार च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणलेसमेत निर्माणमा ढिलाइ हुनपुगेको थियो ।

डुम्रे–बेँसीशहर सडक ४२ किलोमिटरको दुरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ । यस सडकका लागि भ्याट र पिएस बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ  ।

उक्त रकममा सम्झौता भए पनि पछि समय लम्बिँदा केही रकम थप भएर आएपछि रु ३८ करोड ७८ लाखमा सम्पन्न गर्ने रकम भए पनि यसमा केही कम रकममा सबै काम सम्पन्न हुने कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी पोखरेलको भनाइ छ ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन करिब एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे–बेँसीशहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासीसमेत आवतजावत गर्ने गर्दछन् ।

यी सडक दुई लेन भई कालोपत्र सम्पन्न भएसँगै तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । यात्रा थप सहज हुनुका साथै समयसमेत घटेको छ । लमजुङका स्थानीय यातयातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यन्न, लत्ताकपडालगायतका सामग्री ल्याउनुपर्ने अवस्था थियो ।

त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीय हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेका थिए । बेँसीसहरदेखि यस सडकहुँदै सङ्घीय राजधानी काठमाडौँ पुग्न करिब दुई सय किलोमिटर दुरी रहेको छ भने, गण्डकी प्रदेश राजधानी पोखरा पुग्न करिब एक सय ५० किलोमिटरको दुरी रहेको छ । रासस




भर्खरै