२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध अन्त्य गर्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । संसदको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्ष विहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गर्नुभएको छलफल निष्कर्ष विहीन सकिएको हो ।

बैठकमा सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने बताईएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने सहमहामन्त्री जीवन परियारले बताए । ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ’, उनले भने ।