१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

गर्मी छल्न जलबिरे झरनामा पर्यटक
अ अ+ अ-

भरतपुर । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन् ।

यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ । चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो । गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना । युवयुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन् ।

भीर, पहरा र छहराको संयोग, प्राकृतिकरुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । पर्यटकहरु यहाँ झरना हेर्न, झरनामा पौडी खेल्न तथा गर्मी छल्न यहाँ आउने गरेका उहाँको भनाइ छ ।

“प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले तराईको हपहपी गर्मी भुलाइदिने गरेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “गर्मीले उकुसमुकुस भएका पर्यटक यहाँ आउँदा सबै बिर्सिन्छन्  ।”

गाउँपालिकाले यस वर्ष जलबिरे झरनामा सेल्फी जोन निर्माण, रङ्गरोगन, सिँढी मर्मतलगायत पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । “झरनाको प्राकृतिक संरचना नबिग्रने गरी काम गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दैछ”, उहाँले भन्नुभयो ।

अध्यक्ष गुरुङका अनुसार झरनामा आउने पर्यटकबाट लिने शुल्कबाट गाउँपालिकाले चालु आवको हालसम्म रु १७ लाख आम्दानी गरिसकेको छ । यहाँ प्रवेश शुल्क रु ५० लिने गरिएको छ । उहाँले झरनामा प्रदेश र सङ्घ सरकारको सहकार्यमा केही भौतिक संरचना निर्माण गरिएको जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलबिरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्दछ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ ।

झरनामा आउनुभएका काठमाडौँका सुरज ढुङ्गानाले झरनाको दृश्य र वातावरणले आफू साथीहरुसँग दोस्रोपटक पनि घुम्न आएको बताउनुभयो । “पहिला आउँदा कम पर्यटक थिए । अहिले निकै धेरै घुम्न आउने गर्नुहुँदो रहेछ”, उहाँले भन्नुभयो, “झरना र वरपरको संरचनालाई केही व्यवस्थित बनाइएको रहेछ । यसले पर्यटकलाई थप सहज बनाएको छ ।” ढुङ्गानाले यहाँ आएर झरनामा नुहाउन पाउँदा निकै आनन्द लाग्ने गरेको अनुभूति सुनाउनुभयो ।

झरनाको सुन्दरता र विशेषता सामाजिक सञ्जनलमा देखेर घुम्न आएको भरतपुरकी गरिमा थापाले बताउनुभयो । छ जनाको समूहमा पहिलोपटक यहाँ आएको भन्दै उहाँले यहाँ आइपुग्दा भरतपुरको गर्मी भुलेको बताउनुभयो ।

जलबिरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङका अनुसार यहाँ बढी चितवन, नवलपुर, तनहुँ, मकवानपुर, पर्सा, पोखरा, काठमाडौँलगायत सहरबाट पर्यटक आउने गरेका छन् । प्राय: शनिबार तथा सार्वजनिक बिदाको दिन धेरै पर्यटन यहाँ आउने उहाँले बताउनुभयो ।

शनिबार मात्रै पाँच सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका गुरुङले जानकारी दिनुभयो । “जलबिरे झरनामा असोजसम्म पर्यटकको उत्तिकै सङ्ख्या रहन्छ”, उहाँले भन्नुभयो, “वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ व्यवस्थापन र रेखदेखको काम भइरहेको छ ।” विसं २०६९ देखि जलबिरे झरनामा पर्यटन विकास सुरु भएको गुरुङले बताउनुभयो ।  रासस