१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता
अ अ+ अ-

तनहुँ । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ ।

कूल रु छ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म रु चार अर्ब ५५ करोड लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ ।

बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्य सम्पन्न भइसकेको छ ।

शर्माले वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) कार्य भइरहेको भन्दै उक्त जीपलाइन विश्वकै लामो निर्माण हुने दाबी गर्नुभयो । ईआइए कार्य पश्चात् निर्माणले गति लिने उहाँले बताउनुभयो ।

बन्दिपुर–४ को केबलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५/२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।”

अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्राङ्गणमा ८५ मिटर दूरीको स्काइ साइक्लिङिग निर्माण सम्पन्न भइसकेको छ । निर्माणधीन जीपलाइन र साइक्लिङिग एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

टुरिजमले बन्दीपुर–४ केबलकार चोकस्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिनुभयो । “टुरिजमले केबलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ । उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्”, उहाँले भननुभयो ।

केबलकारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्म एक हजार सात सय मिटर दूरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुङ्गिनेछ । समुद्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूलपरिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ । रासस