२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको गरिमा र ओझ खस्कँदै गएको छ: पूर्वसभामुख सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा हुने वहस, छलफल, शब्द चयनहरु स्तरहिन, मर्यादाहिन भएको बताउनु भयो । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रश्तुत हुनेमा आफू आशावादी रहेको बताउनु भयो । उहाँले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरैमात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ । २०८१ सालमा प्रश्तुत गर्ने बजेट सदनमा निर्विघ्नतापूर्वक प्रश्तुत हुने आशा छ । राष्ट्रिय परिस्थितिको बारेमा कुराकानी गर्दा अहिले एउटा अराजकताको स्थिति र अर्कातिर प्रियतावादको रुझान, अस्तव्यस्तताको स्थिति देखिन्छ । संसद कुनैपनि देशको रुपमा फरक फरक हुन्छन् । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, वहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहिन, मर्यादाहिन भएको छ । ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभइ आफ्नो साख गिराउँदैछ ।’

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताउनु भयो । उहाँले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताउनु भयो ।