२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ झन् आक्रामक, दर्शक भेट्न हलमा कलाकार



अ+ अ-

काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायस् शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।

मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि चलचित्रको टिमले सहभागिता जनाउने छ। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ।