२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधकै बीच संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । दिउँसो ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले कार्यसूची टुंगो लगाएको हो । कार्यसूची परिवर्तन नभए प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रम संशोधन गर्न प्रतिनिधिसभामा दुई वटा सूचना दर्ता भएका छन् । प्रधानमन्त्रीको प्रस्तावपछि प्राप्त संशोधन प्रस्ताव पेश हुने छन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् ।

नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ ।

यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

तर प्रतिपक्षी दलहरुले संसद्मा अवरोध गरेका कारण अन्योल भने कायमै छ । गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलमा सहमति जुट्न नसक्दा संसद्को गतिरोध अन्त्य हुन नसकेको हो ।

आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ ।