२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो …



अ+ अ-

ललितपुर। स्थानीय निकाय अन्तर्गगत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख या वडाध्यक्षले सडक, बाटो चौडा गर्न अरुको पर्खाल र घर भत्काउँदै हिँडेको धेरैले देखेका छन् ।तर महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीको घर अगाडिको सडक चौडा गर्दा उनले आफ्नै घरको पर्खाल भत्काउनुपरेको छ ।

१३ फिट चौडा सडकलाई २६ फिट चौडा बनाउँनको लागि उनको घर कम्पाउण्ड भित्रको करीव साढें ६ फिट चौडा जग्गा सडकको लागि पर्खाल भत्काएर दिनु परेको हो । यसो गर्दा उनको करीव २५ लाख मुल्य बराबरको एक आना जग्गा सडक विस्तारमा परेको छ ।

सो सडक महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ को सीमामा पर्दछ । वहुवर्षे योजनामा परेको ठेक्का अन्तर्गत लुभु खोलादेखि ललितघुम्तीको नेपालचौरसम्मको सडक विस्तार गर्ने क्रममा सो वडाको सौडोल भूमिकोटमा रहेको वडाध्यक्ष बोगटीको घर कम्पाउण्डको पर्खाल भत्काउनुपरेको हो ।

आफुले वडाका विभिन्न गोरेटो बाटो र सडक विस्तार गर्दा वडावासीहरु धेरैको घर कम्पाउण्डको पर्खाल र अस्थायी टहरा भत्काएको हुनाले आफ्नो पर्खाल भत्काएर नीजि जग्गा सडकको लागि दिनु नौलो कुरा नभएको वडाध्यक्ष बोगटीले बताए ।

‘सडक विस्तार र वडाको विकासको लागि मैले आफ्नो जग्गा दिनु सामान्य काम हो’—उनले भने । ‘सडक विस्तार गर्न हाम्रो वडाका वडावासीले खुसी खुसी आफ्नो घरखेत दिएका छन्’—वडाध्यक्ष बोगटीले भने—‘सडक चौडा गर्दा सडकमा गएको जग्गाभन्दा बाँकी भएको जग्गाको मुल्य दोब्बर आउने कुरा वडावासीले बुझिसकेका छन् ।’

सो सडक चौडा गर्न बागमती प्रदेशको समपूरक बजेट अन्तर्गत दोस्रो वर्ष अर्थात चालु आर्थिक वर्षमा करीव साँढे दुई करोड रुपैयाँ निकासा भएको छ ।

दोस्रो वर्ष अर्थात चालु आर्थिक वर्षमा सो सडक करीव पाँच सयम मिटर चौडा हुने अनुमान गरिएको छ । सडकको दायाँवायाँ ढुंगाको ग्याभिन वाल र ढलान तथा कालोपत्र गर्ने ठेक्का शैलुङ्ग कन्स्ट्रक्सनले पाएको छ ।

गतवर्ष सो कन्स्ट्रक्सनले लुभु खोलादेखि भूमिकोटसम्मको करीव पाँचसय मिटर सडक चौडा गरि कालोपत्रे गरिसकेको छ ।