२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन: नेता निधी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताउनुभएको छ ।

बिहीवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने बताउनु भयो । उहाँले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताउनु भयो । उहाँले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरु रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा काँग्रेस रहेको बताउनु भयो । उहाँले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताउनु भयो । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ । अनावश्यक दु:ख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाको साथमा छाँै । कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा छाँै । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाई गर्नुपर्छ । यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ । अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो । कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ । उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटीपूर्ण छन् । कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ । कीर्ते होइन । यो सबैको सरोकारको विषय हो । रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ । सरकार आफैँले न्यायधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको बिरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरु अघि बढ्दैन ।’

नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको बिरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिनुभयो । —न्युज एजेन्सी नेपाल

 




भर्खरै