९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । कृषि विकास बैंकको १४औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज (बुधबार) भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले करिब ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  कृषि विकास बैंक नेपालका वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको मानिएको छ ।