• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

“अझ परिपूर्ण मुलुक” बन्न प्रेस स्वतन्त्रता महत्त्वपूर्ण: नेपालस्थित अमेरिकी दूतावास



काठमाडौं । अमेरिकी सरकारले नेपालमा पछिल्ला दिनहरुका भै रहेका घटनालाई नजिक बाट नियाली रहेको जनाएको छ ।

सामाजिक संञ्जालमा एक सन्देश राख्दै नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा राखेका जनाएको छ । दूताबासले “अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको उल्लेख गरेको छ ।

दूताबासले भनेको छ– कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।