२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गर्नुभएको छ । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि द्विट गर्दै आपत्ति जनाउनुभएको हो ।

यसैगरी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाउनुभएको छ । “कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ”, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ संस्था, व्यक्तिलगायतले पनि अध्यक्ष सिरोहियाको गिरफतारीप्रति विरोध जनाएका छन् ।