२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि



अ+ अ-

एजेन्सी । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरू मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको छ ।”

इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर खराब मौसम (बाक्लो हुस्सु) का कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो ।

इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ । केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन् ।

रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित गरिएको थियो । सिएनएनका अनुसार फुटेजमा ठाडो जङ्गली पहाडमा दुर्घटनामा परेको हेलिकप्टरको निलो र सेतो पुच्छरभन्दा बाहेक सबै भाग जलेको वा क्षतिग्रस्त भएको देखिन्छ ।

दुर्घटनास्थलको सम्भावित दिशा घोषणा भएपछि उद्धार टोली तुरुन्तै तोकिएको स्थानमा गएको भएपनि हेलिकप्टर फेला नपरेको तस्निम न्यूजले वर्जेकानबाट जानकारी गराएको हो ।

उत्तरपश्चिम इरानमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति रइसीसहित तीन उच्च पदस्थ सरकारी अधिकारी, एक जना इस्लाम धर्मगुरू र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौ जना सवार रहेको तस्निम न्यूजले उल्लेख गरेको छ ।

मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।

यो पनिः को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ