१२ मंसिर २०८१, बुधबार
,
Latest
‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ



फाईल फोटो
अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाँटु नाँच संरक्षणमा जुटेका छन् ।

गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाँटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने अवस्थामा पुगेको बताउनुभयो । यद्दपि इच्छाकामनाको स्वरबिस्ना गाउँमा भने यो नाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष पनि स्थानीय पन्थदेवी आमा समूहको आयोजनामा यही जेठ ११ गतेदेखि सति घाँटु नाच नचाइँदै छ । गुरुङ्ले घाँटु गुरुआमा मङ्गलीमाया गुरुङको नेतृत्वमा ६ जना गुरुआमाहरुले घाँटु गीत गाउने र नौ जना कन्यालाई घाँटु नचाइने जानकारी दिनुभयो ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा बसन्तपञ्चमीबाट सुरू भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । एक दशक अघिसम्म इच्छाकामनाका अधिकांश गुरुङ गाउँमा नचाइने घाँटु पुस्तान्तरण हुन नसक्दा हराउँदै गएको स्थानीय चित्रबहादुर गुरुङले बताउनुभयो । याकराङ, ढुङ्ग्रे काटीश्वरालगायतका गाउँमा केही वर्ष अघिसम्म घाँटु नाँच नचाइने गरे पनि निरन्तरता नपाएका उहाँको भनाइ छ । “यहीले गुरुङ बाहुल्य गाउँमा घाँटु नाँचका लागि गुरु आमा भेटिदैँनन्, पछिल्लो समय बसाइँसराइ र पुस्तान्तरण नहँुदा समस्या आएको हो । अब सय विषयमा सचेत नहुने हो भने कसैले पनि घाँटु नाच देख्न पाउने छैनन्”, उहाँले चिन्ता जाहेर गर्नुभयो ।

घाँटु नाँच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सति श्रीपञ्चमीमा सुरू भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे जुनबेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएका घाँटु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरु बताउँछन् ।

उहाँहरूले दिएको जनाकारी अनुसार सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्य प्रारम्भ गरिन्छ । लमजुङ, कास्कीलगायतका जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन, गोरखालगायतका स्थानमा तीन कन्या वा विजोर सङ्ख्या पारी जति पनि कन्यालाई समावेश गरेर घाँटु नचाइने गरिन्छ ।

पुरानो सांस्कृतिक नाँच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोपहँुदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको स्थानीय सुजन गुरुङले बताउनुभयो । घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । रासस




भर्खरै