२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद
अ अ+ अ-

काठमाडौँ। रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीकाअनुसार गत जेठ १९ गते राति अन्दाजी २ः३० बजे गस्तीमा रहेको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ५, विकासपथस्थित ‘देव सुनचाँदी पसल’को सटरको ताला काट्दै गरेको अवस्थामा सात जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सन्तकविरनगर जिल्लाका २६ वर्षीय आकाश वर्मा, २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अली, २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय शहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा र २३ वर्षीय मोहम्मद पारिस रहेका छन् । उनीहरूको साथबाट ताला काट्न प्रयोग गरिने कैँची र पेचकस समेत बरामद गरिएको छ ।

उहाँले भन्नुभयो, ‘भाडामा लिई तिनहौ सुनचाँदी पसल सञ्चालन गर्दै आएका जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ पुलचोक बस्ने वर्ष ४१ को दीपक बिक पोखरा गएको अवस्थामा अन्दाजी १ करोड ४६ लाख ९४ हजार ७ सय बराबरको सुनचाँदीका गरगहनाहरु चोरी भएको भनेर प्रहरीलाई जानकारी आउँछ । तत्पश्चात प्रहरीहरुले, प्रहरीले त्यसमा अनुसन्धान गर्दाखेरि यो घटनामा सोही सुनचाँदी पसलका सञ्चालक दीपक बिक र सोही पसलमा काम गर्ने कर्मचारी नवीन बिकको संलग्नता भएको अहिलेसम्मको अनुसन्धानबाट देखिएको छ। आफ्नै र आफ्नो सहयोगी कर्मचारीबाट चोरी गराउनुपर्ने मुख्य उद्देश्य विमालाई दावी गर्नु र त्यो सुनचाँदी पसलमा विभिन्न व्यक्तिहरुले आफ्नो धितोमा, धितोमा पनि मान्छेहरुले राखेर सुन राखेर लोन लिएको हुन्छ। र त्यो सुनहरुलाई पनि हिनामिना गर्ने उद्देश्य नै रहेको देखिन्छ र यो दुबै जना दीपक बिक र नवीन बिकलाई हामीले विभिन्न आयामबाट अनुसन्धान गरिसके पछाडि उहाँहरु नै हो भन्ने कुरा पत्ता लागिसकेपछि यहाँहरुलाई हामीले यसको बारेमा जानकारी दिन अनुरोध गरेका हौँ। र यो घटनामा अझ यो भन्दा बढी परिमाणको सुनचाँदीहरु पनि हुन सक्छ भन्ने हाम्रो अनुमान छ । त्यो विस्तारै फेरि खुल्दै गएको बखतमा हामी यहाँहरुलाई भन्ने छौँ ।’

त्यसैगरी, गत जेठ ४ गते बुटवल उपमहानगरपालिका वडा नं. ८, सुक्खानगरस्थित राजेश कुमार गुप्ताको घरमा कोही नभएको मौका पारी भएको चोरीको घटनामा संलग्न एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. २ बस्ने २७ वर्षीय शिव ओम थारु रहेका छन् ।

प्रहरीले निज थारुको साथबाट चोरी भएका सुनका दुई थान बाला, लकेटसहितको एउटा सिक्री, अर्को एउटा सिक्री, चार थान कानपासा, एक जोडी झुम्का, एक जोडी वाली, सेतो र हरियो माला दुई थान, तीन थान औँठी, एक जोडी टप र स्टोन फुली बरामद गरेको छ ।

यस्तै, चाँदीको लोटा एक थान, ६ थान बिच्छु र एक थान औँठी पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै अभियुक्तहरूमाथि चोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।– न्युज एजेन्सी नेपाल