३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई



अ+ अ-

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवद्र्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

सचिव राईले हालको परिस्थितिमा राष्ट्रहितका लागि काम गर्ने अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै यस कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनु भयो ।

उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने क्रममा परराष्ट्र मन्त्रीको हालै सम्पन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको सचिव राईले जानकारी दिनुभयो ।

उहाँले परराष्ट्र मन्त्रीबाट छिट्टै नै चीनको भ्रमण हुन लागेको समेत अवगत गराउनु भयो । चीनसँग नेपालको परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपालको विकास प्रयासमा छिमेकी मुलुकहरूको सहयोग र सद्भाव अपरिहार्य रहने बताउनु भयो ।

उहाँले भन्नुभयो,हालको परिवेशमा राष्ट्रहितमा काम गर्ने एउटा अभूतपूर्व अवसर सिर्जना भएको छ । यस कार्यका लागि हामी एउटै ढुङ्गामा छौँ । यो कुरा म यहाँहरूलाई फेरि दोहोपुर्याउन चाहन्छु । परिवर्तित विश्व परिवेशमा नेपालको भूराजनीतिक अवस्थाले हाम्रा लागि आफ्नै खालका चुनौतीहरू र अवसरहरू सिर्जना गरेको छ ।  राष्ट्रहित प्रवद्र्धनका दिशामा व्यवहारिक र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नु तथा त्यसका लागि हाम्रो कूटनीतिक क्षमता थप अभिवृद्धि गर्नुको अर्को विकल्प हामीसँग छैन । यसै सिलसिलामा उच्चस्तरीय भ्रमण र संवाद पनि अपरिहार्य रहन्छन्। यहाँहरूलाई अवगत भएकै विषय हो, हालै माननीय परराष्ट्रमन्त्रीज्युको भारत भ्रमण सम्पन्न भएको छ, जसले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ ।

त्यसैगरी, छिट्टै नै माननीय परराष्ट्रमन्त्रीज्युले चीनको पनि भ्रमण गर्नुहुनेछ । चीनसँग हाम्रो परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रयासमा छिमेकीहरूको सहयोग र सद्भाव महत्वपूर्ण रहन्छ ।

आजको डिजिटल विश्वमा जेनेरेटिभ एआईको बढ्दो प्रयोग, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू तथा सूचना प्रवाहको तीव्रता र व्यापक पहुँचका कारण जानकारी र सूचनाको प्रवाह तथा पहुँच अत्यधिक बढेको छ । तथापि, मिसइन्फर्मेसन (भ्रामक सूचना) र डिसइन्फर्मेसन (जानाजान फैलाइने गलत सूचना) जस्ता कारणले एकातर्फ नागरिकलाई विश्वसनीय र भरपर्दो सूचना प्राप्त गर्न कठिनाइ उत्पन्न भएको अवस्था पनि छ ।

सचिव राईले पछिल्लो समय प्रविधिको विकाससँगै कुटनीति र सूचना प्रवाहमा नयाँ चुनौतीहरू थपिएको तर्फ ध्यानाकर्षण गराउनु भयो । डिजिटल विश्व, जेनेरेटिभ एआई र सामाजिक सञ्जालका कारण सूचनाको पहुँच व्यापक भए पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन (मिथ्या र भ्रामक सूचना) का कारण नागरिकलाई विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो ।

सूचनाको तिब्र प्रवाह र पहुँच बढेको वर्तमान अवस्थामा आधिकारिक र भरपर्दो जानकारी सम्प्रेषण गर्नु चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।–न्युज एजेन्सी नेपाल