काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्ने तयारीमा जुटेका छन् ।
यसै क्रममा मेरिना इम्पेक्सले सन्दीप लामिछानेलाई सुट उपलब्ध गराएको छ । टी–२० विश्वकप खेल्ने खेलाडीहरुले मेरिनाको सुट प्रयोग गरेका छन् ।
अन्य खेलाडीहरु प्रतियोगितामा सहभागी हुन अमेरिका पुगिसकेका छन् ।लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको थियो ।
बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।