२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘मनाङको विकासमा ठेकेदारको लापरवाही’

‘मनाङको विकासमा ठेकेदारको लापरवाही’
अ अ+ अ-

मनाङ: मनाङ नासों गाउँपालिका–५, ६ र ७ जोड्ने दूधखोलामाथि निर्माणाधीन पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । नौ वर्षदेखि निर्माण भइरहेको छ उक्त पूर्ण हुने सम्भावना न्यून छ ।

विकट क्षेत्रको विकास एक हुनै मुस्किल हुन्छ । यी क्षेत्रमा मौसमको पनि चुनौती पनि उस्तै रहन्छ । विकट जिल्ला मनाङको विकास अहिले यस्तै अवस्थामा छ । पटक–पटक म्याद थपिँदा पनि विकासले पूर्णता पाउन सकेको छैन ।

विसं २०७३ असारमा पुल निर्माण सम्पन्न गर्न तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई ठेक्कामा दिएको थियो । विसं २०७४ मा सम्पन्न गर्नेगरी द क्याराभान कम्पनीलाई ठेक्का दिइएकामा नौ वर्ष हुनै लाग्दासमेत कामले गति लिन सकेको छैन ।

रु तीन करोड ५५ लाखको लागतमा निर्माण हुन लागेको दुधखोलामाथिको पुलको दुई किनारामा पिलर मात्र उठाएर ठेकेदार सम्पर्कविहीन भएको छ । ठेक्काको आधाभन्दा बढी रकम ठेकेदारलाई भुक्तान भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल धारापानीबाट तिल्चे हुँदै तिब्बत जोड्ने सडकमा पर्दछ ।

उक्त पुल नबन्दा मनास्लु पदमार्गमा आउने पर्यटकलाई हिँड्न समस्या भइरहेको छ । साथै स्थानीयले बिरामी पर्दासमेत समस्या भोग्नुपरेको बताउँछन् । स्थानीयले ढुवानी तिरेर सामग्री ओसारपोसार गर्न बाध्य छन् । ठेकेदार कम्पनीले ठेक्का मात्र ओगटेर काम नगरेपछि स्थानीय रुष्ट छन् ।

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पटकपटक ठेकेदारसँग काम गर्ने सहमति गरे पनि कार्यान्वयन नभएको बताउनुभयो । “दैनिक रूपमा ठेकेदारलाई फोन गर्छु, फोन उठ्दैन, मन्त्रालय र सडक विभागमा पनि जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “कसैले वास्ता गरेनन् । दुःख भोगिरहेका छौँ ।”

अघिल्लो वर्ष अध्यक्ष गुरुङकै सक्रियतामा निर्माण कम्पनीका प्रमुख चन्द्र थकालीसँग मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा काम गर्ने लिखित सहमति भएको थियो । “अघिल्लो असारसम्म काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए, सहमति गरेपछि ठेकेदार सम्पर्कविहीन छन्”, उहाँले भन्नुभयो, “कि कामले तीव्रता पाउनुपर्यो कि त ठेक्का नै तोड्ने प्रक्रियामा अगाडि बढ्नुपर्यो ।”

चालु आर्थिक वर्षभित्र काम नभए कानुनी प्रक्रियाबाट अघि बढ्ने अध्यक्ष गुरुङले बताउनुभयो । “कारबाही गर्नुपर्ने कम्पनीलाई पटक–पटक म्याद थप्दै नयाँ ठेक्का दिइएको छ । नदीमा पुल नबनेपछि स्थानीयले काठेपुल बनाएर मोटर वारपार र सामग्री ढुवानी गर्छन्”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले काम पूरा गर्न पटक–पटक आग्रह गरिएको बताउनुभयो । उहाँले काम गर्छु भनेर नगरेपछि कारबाहीका लागि सम्बन्धित कार्यालयलाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

“पटक–पटक सम्पर्कपछि गरिएको प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौँ”, प्रजिअ लामिछानेले भन्नुभयो, “कालोसूचीमा राखेर अर्को ठेक्का सम्झौताको प्रक्रियामा जान आग्रह गरिसकेका छौँ ।” पुल नबन्दा भएको सकस स्थानीयले भोग्न नपरोस् यहीअनुसार काम अगाडि बढ्न्पर्नेमा उहाँको जोड छ ।

सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुलमार्फत सवारीसाधान तथा आमनागरिक आउजाउ गर्छन् । एउटै पुल बनाउन बर्सेनि रु पाँच लाखभन्दा बढी खर्च हुन्छ । काठको पुलबाट यात्रा गर्दा जोखिम उस्तै हुने गरेको छ ।

वर्षा लागेपछि निकाल्ने र हिउँद लागेपछि राख्न बाध्य छन् स्थानीय । यसरी कति वर्षसम्म चल्न सक्ला ? डुम्रे–बेसीँसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । केही खोलामा पुल निर्माणाधीन छन् भने केही काठकै भरमा छन् ।

पर्यटक तथा स्थानीय दुधखोला तरेर तिल्चे, गोवा, भीमथाङ हुँदै गोरखा र उत्तरी छिमेकी देश चीनसम्म यात्रा गर्छन् । वर्षा लागेपछि यस क्षेत्रमा आवतजावत नै ठप्प हुन्छ । सवारीसाधन आवतजावत नभए पनि आमनागरिक र पर्यटकलाई सहज भएका झोलुङ्गे पुल भत्किएका छन् ।

विसं २०७८ मा बाढीले ठाउँ–ठाउँमा बनेका झोलुङ्गे पुल बगाएपछि अझ यस नदी, खोलानालाबाट आवतजावतमा समस्या भएको छ । सदरमुकामसँगको सम्पर्कविच्छेदकै अवस्थामा रहन स्थानीय बाध्य छन् । गण्डकीको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जनाउँदै आए पनि कामले भने गति लिन सकेको छैन ।

रासस