५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१ औं मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गर्नुभयो । उहाँले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताउनु भयो । उहाँले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गरिरहनुभएको थियो । लोकप्रिय ढंगले उहाँहरु नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो । त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो । आजसम्म आउँदा कयौँ मानिसहरुले यसलाई दुर्घटना भने तर यथार्थमा भन्ने हो भने त्यो निर्ममतापूर्वक गरिएको हत्या हो ।’

‘कुनैपनि पाखाबाट खनिएको बाटोमा गइरहेको गाडी मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ । के संसारको कुनैपनि ठाउँमा यस्ता घटना भएका छन्, कुनै तथ्यले यो पुष्टि गर्न सक्दैन । यो षड्यन्त्रपूर्ण हत्या हो भन्ने पुष्टि हुन्छ । लक भएको गाडीबाट उहाँहरुको शव कसरी बाहिर गयो । ३० वर्ष होस् की सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो । त्यो जीपबाट खसाएर मारिएको होइन, त्यो भन्दा अघि नै मारिएको हो भन्ने स्पष्ट छ ।’

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरु रहेको भन्दै स्मरण गर्नुभयो ।