१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइरहनुभएको र विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत नेकपा एमालेलाई आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभइ मन्त्रीमण्डलमा सहभागी भइ सहकार्य गर्नका लागि आह्वान गर्नुभयो ।

उहाँले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पार्नुभयो । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रिय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूचि छ । सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछाँै भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ ।’

‘कोशी प्रदेशमा विश्वासको मत हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन, परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो । हामीले विश्वासको मत दिएका छौँ, चलिरहेको छ । मधेस प्रदेशमा जनतास माजवादी पार्टी, नेपालसँग सहकार्य रही रहेकाले त्यसलाई ध्यानमा राखेर मधेस सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ । पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ । मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लागोस् । यो सरकारको भलो चाहन्छौँ ।’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) फुटाउन सहज नरहेको बताउनु भयो । सबै सांसदहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेको बताउनु भयो । अध्यक्ष नेपालले समाजवादी मोर्चा कसरी अघि बढ्छ भन्नेबारेमा यसै भन्न सकिने अवस्था नरहेको जिकिर गर्नुभयो । समाजवादी मोर्चामा जनता समाजवादी पार्टी, नेपाल विभाजित भइसकेपछि संकट निम्तिएको बताउनु भयो ।