२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा १ हजार ६ सयले बढ्दै सुनले हालसम्म कै उच्च मूल्य कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहिबार छापावाल सुन हाल सम्म कै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो उक्त सुन एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।