• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर



काठमाडौं । हिजरी संवत् १४४५ को हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको छ । हज का लागि जान लागेको पहिलो टोलीलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमद ले त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्नुभयो ।

पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।

यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । आज जेठ २ गते ९मे १५, २०२४ मा० जाने हजयात्री साउदी अरबमा ४४ दिनको बसाई पछि २९ जुनमा फर्कने कार्यक्रम रहेकाे छ ।