६ असार २०८३, शनिबार
,
Latest
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छः उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

बुधवार आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गर्नुभयो ।

उहाँले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभइएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताउनु भयो । उहाँले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताउनु भयो ।

उहाँले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो । उहाँले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताउनु भयो । उहाँले अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर १६ औं योजना बनेको बताउनु भयो । उहाँले विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दाबी गर्नुभयो ।

उहाँले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको बताउनु भयो । उहाँले १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने पनि बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सोह्रौं योजनाले सबैभन्दा विस्तृतमा गरेको व्यवस्था भनेको विद्यमान अवस्था समस्या र चुनौतिहरुको गहिराईका साथ विश्लेषण गरेको छ । कुनैपनि रोगको अप्रेशन राम्रोसँग गर्दा मात्रै रोग निको हुन्छ भन्ने मान्यता अनुसार सोह्रौ योजनाको जोड अर्थतन्त्र,शासकिय व्यवस्थाका प्रमुख समस्या,चुनौतीहरुको विश्लेषण गरिएको छ । त्यसको आधारमा समस्या समाधानका लागि रुपान्तरणकारी रणनीतिहरु उल्लेख गरिएको छ । लक्ष्य निर्धारण गर्दा विगतमा योजनाले लिएका लक्ष्य पूरा भएको प्रगतिलाई ध्यानमा राखिएको छ ।

सोह्रौ योजनाले महत्वकांक्षी लक्ष्य राख्ने भन्दा पनि कार्यान्वयन कसरी बनाउने विषयमा ध्यान दिएको छ । सोह्रौ योजनाको महत्वपूर्ण पक्ष के हो भन्दा कार्यान्वयनको कसरी ग्यारेन्टी गर्ने विषयमा जोड दिइएको छ । सोह्रौं योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ । मुलुकको अहिलेको अर्थतन्त्रको समस्या भनेकै उत्पादन र रोजगारी न्युन भएकाले शोधनान्तरतर्फ आन्तरिक उत्पादनतर्फ धेरै समस्या सिर्जना भएकाले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा केही राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जना नगरेकाले त्यसमा जोड दिइएको छ ।

तीन तहका सरकारको बजेट भवन तथा पूर्वाधार निर्माणमा केन्द्रित भएको कारणले समाजिक विकासमा प्राथमिकता नदिएको अवस्था छ । आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुन्छ । १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने भनिएको छ । त्यसैले औषत र कुन वर्षको भन्नेमा दोधार नहोस् । हामीले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर आँकलन गरेका छौं । आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर वृद्धि हुँदै जान्छ भन्ने छ ।’

उहाँले १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताउनु भयो । उहाँल मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको बताउनु भयो ।