४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले आजको बैठकबाटै विश्वासको मत लिने तयारी गर्नुभएको हो । यसका लागि उहाँले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसक्नुभएको छ ।

वैशाख २७ गते हिक्मत कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसैदिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक/एक नेतालाई मन्त्रिपरिषद् सहभागी गराइसक्नुभएको छ ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

यता मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।