११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की

बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की
अ अ+ अ-

काठमाडौँ । बर्खास्तीमा परेको लामो समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

आईतवार शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको १०५ औं जन्मयन्तीको अवसर पारेर नइका चार वटा कृति लोकार्पण कार्यक्रममा उहाँ उपस्थित हुनुभएको हो । कार्कीलाई सर्वोच्च अदालतले अख्तियार प्रमुखका लागि योग्यता नपुग्ने भन्दै वि.सं. २०७३ साल पुसमा पदमुक्त गर्न आदेश दिएको थियो ।

 

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको थियो । बर्खास्तीमा परेको लामो समयपछि आईतवार कार्की पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हनुुभएको हो ।

कार्यक्रममा सुनिता कार्कीको काव्यकारिता, प्रा.डा. सावित्री कक्षपतीको नरेन्द्रराज प्रसाईंको अर्जुनदृष्टिः ललिता त्रिपुरासुन्दरी, डा. अम्विका अर्यालको नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्याय, अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास तिम्रो म को नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुदित आइएम योर्स नामक कृतिहरु विमोचित भएका हुन् ।

कार्यक्रममा वानीरा फाउण्डेशनका संस्थापक शंकर गिरी, भूपालमान सिंह कार्की र नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले स्व. जोशीको जीवनबारे आफ्ना धारणा राख्नुभएको थियो ।