७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की



अ+ अ-

काठमाडौँ । बर्खास्तीमा परेको लामो समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

आईतवार शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको १०५ औं जन्मयन्तीको अवसर पारेर नइका चार वटा कृति लोकार्पण कार्यक्रममा उहाँ उपस्थित हुनुभएको हो । कार्कीलाई सर्वोच्च अदालतले अख्तियार प्रमुखका लागि योग्यता नपुग्ने भन्दै वि.सं. २०७३ साल पुसमा पदमुक्त गर्न आदेश दिएको थियो ।

 

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको थियो । बर्खास्तीमा परेको लामो समयपछि आईतवार कार्की पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हनुुभएको हो ।

कार्यक्रममा सुनिता कार्कीको काव्यकारिता, प्रा.डा. सावित्री कक्षपतीको नरेन्द्रराज प्रसाईंको अर्जुनदृष्टिः ललिता त्रिपुरासुन्दरी, डा. अम्विका अर्यालको नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्याय, अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास तिम्रो म को नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुदित आइएम योर्स नामक कृतिहरु विमोचित भएका हुन् ।

कार्यक्रममा वानीरा फाउण्डेशनका संस्थापक शंकर गिरी, भूपालमान सिंह कार्की र नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले स्व. जोशीको जीवनबारे आफ्ना धारणा राख्नुभएको थियो ।