२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन्



अ+ अ-

एजेन्सी । आइतबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) विरुद्धको महत्वपूर्ण खेलअघि दिल्ली क्यापिटल्सलाई ठूलो झट्का लागेको छ जब टोलीका कप्तान ऋषभ पन्तलाई आईपीएल एपेक्स काउन्सिलले एक खेलका लागि निलम्बन गरेको छ ।

राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तमाथि कारबाही गरिएको हो । यदि दिल्लीले प्लेअफमा पुग्ने आफ्नो आशा कायम राख्न चाहन्छ भने उसले कुनै पनि हालतमा आरसीबीविरुद्धको खेल जित्नुपर्नेछ ।

स्लो ओभर रेटका कारण पन्तविरुद्ध कारबाही भएको यो तेस्रो पटक हो । यसअघि उनलाई ३१ मार्चमा चेन्नई र ३ अप्रिलमा कोलकाताविरुद्धको खेलमा स्लो ओभर रेटका कारण जरिवाना गरिएको थियो ।

तर, उनले आफ्नो अघिल्लो गल्तीबाट पाठ सिकेनन् र मे ७ मा राजस्थानविरुद्धको खेलमा फेरि पुरानो गल्ती दोहोर्‍याए, जसमा बीसीसीआईले अहिले उनीविरुद्ध कडा कारबाही गरेको छ ।

पन्तको अनुपस्थितिमा टोलीका अलराउन्डर अक्षर पटेलले आरसीबीविरुद्धको टोलीको जिम्मेवारी सम्हाल्नेछन् । खेलअघि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले भने– ‘अक्षर पटेल विगत केही सिजनदेखि टोलीको उपकप्तान रहेको बताएका थिए । उनीसँग आईपीएल खेल्ने धेरै अनुभव छ । यस बाहेक उनले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै क्रिकेट खेलेका छन् र खेल राम्ररी बुझ्छन् । पन्त निलम्बन हुने सम्भावना देखिएपछि उनको अनुपस्थितिमा कप्तान बनाउने विषयमा हामीले छलफल गरेका थियौं । अक्षर यसका लागि उत्साहित छन् ।’

दिल्लीको टोली अझै प्लेअफको दौडमा छ । दिल्ली १२ खेलमा ६ हार र ६ जितसहित १२ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । अर्कोतर्फ, आरसीबीले पनि खराब सुरुवातपछि बाउन्स ब्याक गर्दै आफ्नो पछिल्लो चार लगातार खेल जितेको छ । पन्तको अनुपस्थितिमा आरसीबीलाई फाइदा हुनेछ ।