२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा दुई महिलाको हत्या



अ+ अ-

घोराही: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।रासस