२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै

आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ६० औँ खेलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

यो सिजन केकेआर र एमआईबीचको दोस्रो खेल हुनेछ । अघिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।

आज कोलकाताको सिजनको १२ औं खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ ।

मुम्बईको यो १३औं खेल हुनेछ, १२ खेलमध्ये ४ जित र ८ हारसहित मुम्बई ८ अंकसहित ८ नम्बरमा छ । आजको खेल जितेर केकेआर प्लेअफमा पुग्ने छ भने मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।

मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबीच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् । दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका थिए, एमआईले ७ पटक जितेको थियो भने केकेआरले ३ पटक मात्रै खेल जितेको छ ।

कोलकाताको उत्कृष्ट लय यस सिजन जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट फर्ममा छन् । टोलीका लागि सुनिल नारायण र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् । नारायण ४६१ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । वरुण चक्रवर्ती ११ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने बलर हुन् ।

यो सिजन मुम्बईको टोली लयमा देखिएन । टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीमा तिलक वर्मा शीर्ष स्थानमा छन् । उनले १२ खेलमा ३८४ रन बनाएका छन् । उनीबाहेक सूर्यकुमार यादव ३ सय ३४ रन बनाएर दोस्रो स्थानमा छन् । टिमका लागि स्टार फास्ट बलर जसप्रित बुमराहले सर्वाधिक विकेट लिएका छन् । उनले १२ खेलमा १८ विकेट लिएका छन् ।