२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातको प्लेअफको आशा जिवितै, चेन्नईलाई ३५ रनले हराउँदा सुदर्शन–शुभमनको शतक



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ ।

योसँगै टाइटन्सले प्लेअफको आशा जीवित राखेको छ । यो जितसँगै टोली १० अंकसहित आठौं स्थानमा छ भने १२ अंकसहित चेन्नई चौथो स्थानमा छ ।

नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नईले टस जितेर बलिङ रोजेको थियो । गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच शुभमन गिल भए । उनले ५५ बलमा १०४ रन बनाए ।

जीटीका कप्तान गिल (१०४ रन) ले आईपीएलको १०० औं शतक बनाए । गिलपछि साई सुदर्शन (१०३ रन) ले पनि करियरको पहिलो शतक पूरा गरे । दुबैले २१० रनको ओपनिङ पार्टनरसिप गरे । तुषार देशपाण्डेले २ विकेट लिए ।

सीएसकेका तर्फबाट डेरिल मिचेलले ६३ रन, मोइन अलीले ५६ रन, एमएस धोनीले २६ रन र शिवम दुबेले २१ रन बनाए । गुजरातका मोहित शर्माले ३ र राशिद खानले २ विकेट लिए ।

गुजरातलाई कप्तान गिल र साई सुदर्शनले राम्रो सुरुवात दिलाए । पावरप्लेमा टिमले बिना कुनै क्षति ५८ रन बनाएको थियो । गिल र सुदर्शनले २१० रनको ओपनिङ साझेदारी गरे । यो गुजरातको सबैभन्दा ठूलो साझेदारी थियो । दुवैले सिजनकै सबैभन्दा ठूलो साझेदारी गरे ।

२३२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब रह्यो । पावरप्लेमा टोलीले ३ विकेट गुमाएर ४३ रन बनायो ।

१० रनमा तीन विकेट गुमाएपछि डेरिल मिचेल र मोइन अलीले चौथो विकेटका लागि ५७ बलमा शतकीय साझेदारी गरे ।