२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ

कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ५८ औं खेल रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स बिच खेलिएको थियो । जहाँ बैंगलोरले पञ्जाबलाई धेरै सहज र ठूलो अन्तरले पराजित गर्यो ।

यसमा रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे भने पञ्जाब किंग्सका लागि रिले रुसोले पनि उत्कृष्ट ब्याटिङ गरे । तर चर्चाको विषय बन्यो दुबैको सेलिव्रेशन । जहाँ विराट कोहलीले रिले रुसोको सेलिव्रेशनलाई आफ्नै शैलीमा जवाफ दिए ।

वास्तवमा आफ्नो इनिङ्समा अर्धशतक पूरा गरेपछि रुसोले ब्याट हावामा हल्लाएर बन्दुक सेलिव्रेशन मनाएका थिए । रुसो आउट हुँदा कोहली खुसी मनाउन दौडे र उनले रुसोलाई जवाफ दिँदै त्यही बन्दुक सेलिव्रेशन मनाए । मैदानको यो दृश्य निकै रोमाञ्चक थियो ।

पञ्जाबले दिएको लक्ष्य पछ्याउने क्रममा रिले रुसोले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा २२५.९३ को स्ट्राइक रेटमा ६१ रन बनाए । जसमा ९ चौका र ३ छक्का समावेश थिए । उनी आउट भएपछि पञ्जाब किंग्सको पूरै टोली स्तब्ध भयो ।

विराट कोहलीको ब्याटिङ पनि निकै विस्फोटक रह्यो । उनी ८ रनले शतक बनाउन चुके । उनले ४७ बलमा १९५.७४ को स्ट्राइक रेटमा ९२ रन बनाए । जसमा ७ चौका र ६ छक्का सामेल छन् । यो खेलको प्लेयर अफ द म्याच विराट कोहली बने ।

पञ्जाब किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली, रजत पाटीदार र क्यामरुन ग्रीनले उत्कृष्ट ब्याटिङ गरेका थिए । कोहलीले ९२ रन, पाटीदारले २३ बलमा ५५ रन र क्यामरुन ग्रीनले २७ बलमा ४६ रन बनाए । यस शानदार ब्याटिङको आधारमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएर पञ्जाबलाई २४८ रनको लक्ष्य दिएको थियो ।

जवाफमा पञ्जाब किंग्सको सुरुवाती इनिङ्स निकै उत्कृष्ट रह्यो । पञ्जाबले ८ ओभरमा १०० रनको आँकडा पार गरेको थियो । पञ्जाबका लागि रिले रुसोले विस्फोटक पारी खेले । तर, पञ्जाबले २० ओभरसम्म खेल खेल्न सकेन र खेल हार्यो । पञ्जाब किंग्सले १८१ रन मात्र बनाउन सक्यो र बैंगलोरले खेल ६० रनले जित्यो ।