८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा र कांग्रेस कार्यकर्ताबीच राडी बजारमा झडप, ९ राउन्ड हवाई फायर



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप झडप भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका(९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुइ दलका कार्यकर्ताबीच झडप भइरहेको हो ।

पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए ।

आफ्ना कार्यकर्ता लाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषय लाई लिएर योजनाबद्ध तरिकाले हातहतियार सहित झडपमा उत्रिएको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिनुभयो। बटालाको अनुसार छ्लफलका लागी इलाका प्रहरी कार्यालयमा उपस्थित भएका वडा अध्यक्ष सहित ४ जनालाई खुकुरी प्रहार गरेको उहाँको भनाई छ ।

त्यस्तै प्रहरीले दुई वडा अध्यक्ष सहित अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। अहिले सो क्षेत्रमा थप सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।