१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

वर्षापछि वायु प्रदूषण घट्दै

वर्षापछि वायु प्रदूषण घट्दै
अ अ+ अ-

कामठाडौँ । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ । सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा उक्लिएको छ । आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचिकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ । जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ ।

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो । वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदैगएको उहाँको भनाइ छ ।

विपत व्यवस्थापनविद् डा। धर्मराज उप्रेती पनि अझै केहीदिन वर्षा हुनेभएकाले वायु प्रदूषण पनि कम हुँदैजाने बताउनुहुन्छ । उहाँका अनुसार शून्यदेखि ५०सम्मको वायु गणस्तर एक्युआइ राम्रो (हरियो संकेत) मानिन्छ । ५१ देखी एक सयसम्मको एक्युआइलाई होसियार रङ्ग अथवा पहेंलो संकेत, एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । त्यस्तै, एक सय ५१ देखि दुई सयम्मको एक्युआइले सबैलाई असर गर्ने, दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि चार सयलाई खतरनाक र चार सयदेखिमाथि चार सय ५० लाई धरै खतरा मान्ने गरिएको उप्रेतीले बताउनुभयो ।

नेपाल सरकारले निर्धारण गरेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ ।