२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जु सामसन आईपीएलमा सबैभन्दा छिटो २०० छक्का प्रहार गर्ने भारतीय खेलाडी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा मंगलबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले पराजित गर्यो ।

राजस्थानका कप्तान सञ्जु सामसनले आफ्नो ८६ रनको इनिङ्समा ६ छक्का प्रहार गरे, योसँगै उनको आईपीएलमा २०० छक्का पूरा भयो । उनी यो माइलस्टोनमा सबैभन्दा छिटो पुग्ने भारतीय बने ।

यसका लागि उनले १५९ इनिङ्स मात्र लिए र सबैभन्दा कम इनिङ्समा २०० छक्का प्रहार गर्ने भारतीय बने । उनले १६५ इनिङ्समा २०० छक्का प्रहार गर्ने एमएस धोनीको कीर्तिमान तोडे ।

सामसनले आईपीएलमा ५६ औं पटक राजस्थान रोयल्सको कप्तानी गरेका छन् । योसँगै उनी सबैभन्दा धेरै खेलमा राजस्थानको कप्तानी गर्ने खेलाडी बनेका छन् । उनले शेन वार्नलाई पछाडि छोडे, वार्नले ५५ खेलमा राजस्थानको कप्तानी गरेका थिए । सामसन र वार्न राजस्थानका सबैभन्दा सफल कप्तान पनि हुन्, दुबैले टोलीका लागि ३०–३० खेल जितेका छन् ।

दिल्लीविरुद्ध उनले ६ छक्का प्रहार गरेका थिए । उनले आईपीएलमा १२ औं पटक एक पारीमा ५ वा सोभन्दा बढी छक्का प्रहार गरेका छन् । उनी प्रतियोगितामा सबैभन्दा धेरै पटक ५ प्लस छक्का प्रहार गर्ने पहिलो भारतीय बने । उनीसँगै केएल राहुलले पनि १२ इनिङ्समा ५ प्लस छक्का प्रहार गरेका छन् ।