२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् ।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउन लगिएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमार्फत उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ ।

रामेछापको खानेपानी आयोजना उद्घाटनको सिलसिलामा मुख्यमन्त्री जम्कट्टेल सिन्धुली पुगेका थिए ।