१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो



अ+ अ-

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ ।

टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको थियो ।

केकेआरका अनुसार टोलीका सदस्यहरूले सोमबार साँझ ५ः४५ मा लखनउबाट उडान भरेका थिए जहाँ उडान साँझ ७ः२५ मा अवतरण गर्ने तालिका थियो ।

बेलुका ८ः४६ मा उनको चार्टर फ्लाइट कोलकातामा भारी वर्षाका कारण गुवाहाटीतर्फ डाइभर्ट गरिएको बताइएको थियो । केकेआरको मिडिया टोलीले भने, ‘हामी गुवाहाटीमा अवतरण गर्यौं र कोलकाता जानको लागि उडान क्लियर भइसकेको र टोली राति ११ बजे कोलकाता पुग्ने बताइएको थियो । तर राति अबेरसम्म अवस्था राम्रो नभएको र धेरै प्रयास गर्दा पनि उडान कोलकातामा अवतरण हुन सकेन । यसरी उडान वाराणसीमा अवतरण भयो ।’

केकेआर सदस्यहरूले वाराणसीको एक होटलमा रात बिताए । मिडिया रिपोर्टका अनुसार केकेआर टोली मंगलबार दिउँसो कोलकाता जानेछ । मौसमका कारण उडान डाइभर्सनका कारण खेलाडीहरूले समस्या भोग्नुपरेको र यो उनीहरूका लागि डरलाग्दो अनुभवभन्दा कम थिएन ।

कोलकाताले अन्तिम खेलमा लखनउलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । केकेआर टोली लगभग प्लेअफमा पुगेको छ । अर्को खेल करिब पाँच दिनको अन्तरमा हुनु टोलीका लागि राहतको कुरा हो । उसले शनिबार घरेलु मैदानमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । त्यसपछि टोलीले मे १३ मा गुजरात टाइटन्ससँग अहमदाबादमा र १९ मेमा गुवाहाटीमा राजस्थान रोयल्ससँग खेल्नेछ ।