३० जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । रासस