२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउलाई हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्समाथि दोस्रो जित हात पारेको छ । टोलीले आइतबार यस सिजनको ५४ औँ खेलमा लखनउलाई ९८ रनले पराजित गरेको हो ।

यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोलीको १६ अंक छ । टोली प्लेअफमा पुग्नबाट एक जित मात्र टाढा छ ।

लखनउले घरेलु मैदान भारतरत्न श्री अटल बिहारी वाजपेयी (एकना) स्टेडियममा टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनायो । एकना रंगशालामा पहिलो पटक २०० भन्दा बढी रनको स्कोर बनाइएको थियो ।

कोलकाताले सिजनमा छैटौं पटक २००ं माथि रन बनाएको छ । जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो । कोलकाताका सुनिल नारायणले ३९ बलमा ८१ रनको इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै, फिल साल्ट र अङ्क्रिश रघुवंशीले ३२–३२ रन बनाए । रमनदीपले ६ बलमा अविजित २५ रन बनाए । कप्तान श्रेयस अय्यरले २३ रन जोडे । लखनउका नवीन उल हकले ३ विकेट लिए । यश ठाकुर, रवि बिश्नोई र कन्सन प्लेयर युधवीर सिंहले एक–एक विकेट लिए ।

एलएसजीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५ रनको इनिङ खेले । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए । आन्द्रे रसेलले २ विकेट लिए भने मिचेल स्टार्क र सुनिल नारायणले एक–एक विकेट लिए ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस सनराइजर्स हैदरावाद – साँझ ७ः४५ बजे