२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पहिलो क्वालिफायर मे २१ मा खेलिनेछ । यसपछि एलिमिनेटर खेल २२ मेमा हुनेछ । यस सिजनको फाइनल खेल २६ मेमा हुनेछ । तर यसपटक प्लेअफको रोमाञ्चक कम हुन सक्छ ।

इंग्ल्याण्डका ८ खेलाडीले प्लेअफ खेल खेल्न पाउने छैनन् । यसले राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स सहित पाँच टोलीलाई स्तब्ध बनाउनेछ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले हालै यसबारे जानकारी दिएको छ ।

इंग्ल्याण्डले हालै टी–२० विश्वकप २०२४ को लागि टोली घोषणा गरेको छ । यो टोलीले पाकिस्तानसँग टी–२० सिरिज पनि खेल्नेछ । टी–२० विश्वकपअघि इङ्ल्यान्ड र पाकिस्तानबीच चार खेलको टी–२० सिरिज हुँदैछ ।

यो शृङ्खला मे २२ बाट सुरु हुनेछ । जसका कारण इंग्ल्याण्डका खेलाडीले आईपीएलको प्लेअफ खेल्न पाउने छैनन् । छनोट भएका खेलाडीले प्लेअफअघि नै फर्किनुपर्नेछ ।

यो सिजन राजस्थान रोयल्सका लागि जोस बटलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । बटलरले ९ खेलमा ३१९ रन बनाएका छन् । उनले २ शतक समेत बनाएका छन् । फिलिप साल्टले कोलकाता नाइट राइडर्सका लागि बलियो प्रदर्शन गरेका छन् । उनले ९ खेलमा ३९२ रन बनाएका छन् । पञ्जाब किंग्सका लागि जोनी बेयरस्टोले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर यी खेलाडीहरुले प्लेअफ खेल्न पाउने छैनन् ।

यी पाँच टोलीबाट बाहिरिनेछन् खेलाडी –
राजस्थान रोयल्स – जोस बटलर
चेन्नई सुपर किंग्स – मोइन अली
कोलकाता नाइट राइडर्स – फिल साल्ट
पञ्जाब किंग्स – साम करन, जोनी बेयरस्टो, लियाम लिभिङस्टोन
रोयल च्यालेन्जर्स बैंगलोर – विल ज्याक, रीस टोपले