१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पहिलो क्वालिफायर मे २१ मा खेलिनेछ । यसपछि एलिमिनेटर खेल २२ मेमा हुनेछ । यस सिजनको फाइनल खेल २६ मेमा हुनेछ । तर यसपटक प्लेअफको रोमाञ्चक कम हुन सक्छ ।

इंग्ल्याण्डका ८ खेलाडीले प्लेअफ खेल खेल्न पाउने छैनन् । यसले राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स सहित पाँच टोलीलाई स्तब्ध बनाउनेछ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले हालै यसबारे जानकारी दिएको छ ।

इंग्ल्याण्डले हालै टी–२० विश्वकप २०२४ को लागि टोली घोषणा गरेको छ । यो टोलीले पाकिस्तानसँग टी–२० सिरिज पनि खेल्नेछ । टी–२० विश्वकपअघि इङ्ल्यान्ड र पाकिस्तानबीच चार खेलको टी–२० सिरिज हुँदैछ ।

यो शृङ्खला मे २२ बाट सुरु हुनेछ । जसका कारण इंग्ल्याण्डका खेलाडीले आईपीएलको प्लेअफ खेल्न पाउने छैनन् । छनोट भएका खेलाडीले प्लेअफअघि नै फर्किनुपर्नेछ ।

यो सिजन राजस्थान रोयल्सका लागि जोस बटलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । बटलरले ९ खेलमा ३१९ रन बनाएका छन् । उनले २ शतक समेत बनाएका छन् । फिलिप साल्टले कोलकाता नाइट राइडर्सका लागि बलियो प्रदर्शन गरेका छन् । उनले ९ खेलमा ३९२ रन बनाएका छन् । पञ्जाब किंग्सका लागि जोनी बेयरस्टोले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर यी खेलाडीहरुले प्लेअफ खेल्न पाउने छैनन् ।

यी पाँच टोलीबाट बाहिरिनेछन् खेलाडी –
राजस्थान रोयल्स – जोस बटलर
चेन्नई सुपर किंग्स – मोइन अली
कोलकाता नाइट राइडर्स – फिल साल्ट
पञ्जाब किंग्स – साम करन, जोनी बेयरस्टो, लियाम लिभिङस्टोन
रोयल च्यालेन्जर्स बैंगलोर – विल ज्याक, रीस टोपले