२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४९ औं खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । यस लिगमा चेन्नईमाथि पञ्जाबको यो लगातार पाँचौं जित हो ।

टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो । यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । टोली २ अंक जोडेर सातौं स्थानमा पुगेको छ । ४ जितपछि पञ्जाबको ८ अंक छ ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा बुधबार भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा पञ्जाबले १७.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खेलको प्लेयर अफ द म्याच हरप्रीत ब्रार भए । उनले १७ रन दिएर २ विकेट लिए ।

सीएसकेका कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले सिजनमा चौथो अर्धशतक बनाए । गायकवाडका अलावा अजिंक्य रहाणेले २९ रन र समीर रिजवीले २१ रनको योगदान दिए । पञ्जाबका हरप्रित ब्रार र राहुल चाहरले २–२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले एक–एक विकेट लिए ।

पीबीकेएसका ओपनर जोनी बेयरस्टोले ४६ रन र रिले रुसोले ४३ रनको महत्वपूर्ण इनिङ्स खेले । कप्तान साम करन २६ र शशांक सिंह २५ रनमा अविजित रहे । चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एक–एक विकेट लिए ।