२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

आईपीएलमा चेन्नईको पाँचौं जित, हैदरावादलाई ७८ रनले पराजित गर्दै बदला लियो

आईपीएलमा चेन्नईको पाँचौं जित, हैदरावादलाई ७८ रनले पराजित गर्दै बदला लियो
अ अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको छ । टोलीले चालू सिजनमा पाँचौं जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले लगातार दुई खेलको हारपछि जित निकालेको हो । जबकि हैदरावादले सिजनमा पहिलो पटक लगातार दोस्रो खेल हार्यो । सनराइजर्स अंक तालिकाको चौथो स्थानमा छ ।

चेन्नईको चेपौक रंगशालामा आइतबार भएको खेलमा सनराइजर्स हैदरावादले टस जितेर पहिले बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा हैदरावाद १८.५ ओभरमा १३४ रनमै सीमित भयो । खेलको प्लेयर अफ द म्याच रुतुराज गायकवाड भए । उनले ५४ बलमा ९८ रनको इनिङ खेले ।

घरेलु मैदानमा हैदरावादलाई पराजित गर्दै चेन्नईले बराबरी गरेको हो । यसअघि हैदरावादमा भएको खेलमा एसआरएचले ६ विकेटले जित हात पारेको थियो ।

सीएसकेका कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेले भने डेरिल मिचेलले ३२ बलमा ५२ रन बनाए । शिवम दुबेले अविजित ३९ रनको योगदान दिए । भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले एक–एक विकेट लिए ।

एसआरएचका लागि एडेन मार्करामले सर्वाधिक ३२ रन बनाए । हेनरिक क्लासेन २० रन बनाएर आउट भए । रन पछ्याउने क्रममा हैदरावादको टोलीले लगातार विकेट गुमाएको थियो । टोलीले ३२ रनभन्दा बढीको साझेदारी गर्न सकेन ।

चेन्नईका तुषार देशपाण्डेले ४ विकेट लिए । मथिश पाथिराना र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।