२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् । प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएसँगै कांग्रेस र जसपालाई साथ लिएर संयुक्त आन्दोलनको घोषणा गर्न चाहेको थियो ।

संयुक्त आन्दोलनका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेरै संयुक्त आन्दोलनमा जान आग्रह गरेका थिए । तर सभापति देउवाले उक्त प्रस्ताव स्वीकार गर्नुभएन । छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा संयुक्त आन्दोलनबाट अगाडि बढ्नुपर्ने भन्दै प्रचण्ड–नेपाल समूह अहिले कांग्रेस र जसपाका नेताहरुसँगको आन्तरिक गृहकार्यमा जुटेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संसद् पुनस्र्थापनका लागि राजनीतिक दलहरुबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले असंवैधानिक कदमको विरुद्ध राजनीतिक दलहरु आन्दोलनमा नै छन्, छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा संयुक्तरुपमा जान सकियो भने छिट्टै छिनोफानो हुन्छ ।’

संयुक्त आन्दोलन अगाडि बढाउन नेकपाका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईको बीचमा समेत छलफल भएको छ । अध्यक्ष भट्टराईले संयुक्तरुपमा लड्नुको विकल्प नभएको बताउँदै राजनीतिक दलहरुबीच एकै ठाउँमा आउनुपर्ने पक्ष गृहकार्य अगाडि बढाएका छन् । तर स्वयम् जसपाका नेताहरु नै आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा विभाजित छन् । कांग्रेसले संसद् विघटनलाई असंवैधानिक कदम भन्दै आन्दोलनको घोषणा गरे पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसलाको प्रतीक्षामा रहेको छ । सभापति देउवाले सर्वोच्च अदालतले संसद् विघटन सदर गरेको अवस्थामा निर्वाचनमा जाने रणनीति लिनुभएका छ । देउवाले आन्दोलनमा जान आनाकानी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनस्र्थापना गर्नका लागि आन्दोलनमै जानुपर्ने दबाब दिँदै आउनुभएको छ ।

कांग्रेस सशक्तरुपमा आन्दोलन चर्काउने कि सर्वोच्चको निर्णय पर्खने भन्ने विषयमा अलमलमा देखिएको छ । पार्टीभित्रै एकमत नहु नसक्दा संयुक्त आन्दोलनको विषयमा कांग्रेसले अहिले प्रवेश गरिनसकेको बताइएको छ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पहिलो पार्टीलाई सशक्तरुपमा आन्दोलनमा होम्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीलाई मात्र आन्दोलनमा होम्न सकियो भने कांग्रेसकै आन्दोलनले संसद् पुनस्र्थापना हुन्छ, कांग्रेस आन्दोलनमा होमिएपछि संयुक्त आन्दोलनको विषयमा सोच्न सकिन्छ ।’प्रतिनिधिसभा पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा जनता समाजवादी पार्टी नेपाल र कांग्रेसबीच फरक धारणा छ भने प्रचण्ड–माधव समूह प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा दृढ हुँदै देशव्यापीरुपमा आन्दोलनमा छ ।

जसपाका अध्यक्ष भट्टराईले आन्दोलनबाट अगाडि बढ्नुपर्ने अडान लिएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरु सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने अडानमा रहनुभएको छ । प्रचण्ड–नेपाल समूहले संसद् पुनस्र्थापनका लागि कांग्रेस र जसपाको साथ खोजेको छ । तर दुवै दलले संयुक्त आन्दोलनमा जाने संकेत भने दिइसकेका छैनन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको कांग्रेसले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न माघ १३ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । नेपाल समाचारपत्र दैनिक