२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालन्द्र शाहले देशभरका अशक्त र गरिब बिरामी नागरिकलाई उपचारका लागि काठमाडौं आउन आह्वान गरेका छन् ।

महानगर प्रमुख बालेन्द्रले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै जुनसुकै पालिकाको भए पनि असक्त र गरिब नागरिब बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर उपचारका लागि काठमाडौं आउन आह्वान गरेका हुन् ।

उनले ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ’ भनेका छन् ।

उनले उपचार नपाएका कोही नागरिक टोल, छिमेकतर्फ भए खबर गरिदिनसमेत आग्रह गरेका छन् ।
मेयर शाहले काठमार्डौं महानगरपालिकाका नि:शुल्क उपचार सहजीकरण सेवाको लिंकसमेत आफ्नो स्टाटसमा राखिदिएका छन् ।

यसमा सेवा लिन आउनेहरुले ल्याउनुपर्ने कागजातको विवरण उल्लेख छ । महानगरपालिकाले तय गरेका अस्पतालमा उपचारका लागि आउँदा नेपाल सरकार र प्रदेश सरकारर स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातसहित परिचय पत्र लयाउनुपर्ने छ ।

यस्तै राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्रर जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र रोग पहिचान भए सोको कागजपत्र पनि ल्याउनुपर्ने उल्लेख छ ।

बालेनले आफ्नो फेसबुक स्टाटसमा के लेखेका छन् त ?