२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने

लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने
अ अ+ अ-

सिद्धार्थनगर । लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

 सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा बताउनुभएको थियो । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

लुम्बिनी भ्रमणका लागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बौद्धदर्शन बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणका क्रममा प्रदेशका मन्त्री तथा सचिवले सङ्घीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको हो । उहाँहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन सकिने बताउनुभयो ।