२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ गते काठमाडौंमा भएको जनप्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको विरोध गर्दै देशभर मसाल जुलुस निकालेको छ ।

राप्रपाको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका बर्दियाका राप्रपाका नेता ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको थियो । राप्रपाले प्रहरीको दमनबाट आफ्नो नेताको मृत्यु भएको आरोप लगाउँदै आएको छ ।

राप्रपाले मृतक डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । मसाल जुलुस प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा बर्दियाका जिल्लास्तरीय नेता ठाकुरप्रसाद डाँगीको मृत्यु भएको थियो । उनै डाँगीको १३ औं तिथिका अवसरमा राप्रपाले प्रदर्शन गरेको हो ।