२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर



अ+ अ-

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गर्नुभएको हो ।

जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको एक सय ४७ हर्सपावर क्षमताको आफ्नै इञ्जिन रहेको छ । कोमात्सुका स्काभेटर चार र छ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ ।

यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य रु १० लाख कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिनुभयो । हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै तीन वटा बुकिङ भइसकेको पनि बरालले बताउनुभयो ।

उहाँका अनुसार यसमा कोमट्याक्स जडान गरिएको र यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिङ्कअप गरेर घरमै बसीबसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ । यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालको भनाइ छ । रासस