२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

१२ स्थानीय तहमा २ अर्ब ८ करोडको बजेट

१२ स्थानीय तहमा २ अर्ब ८ करोडको बजेट
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित नागरिकहरुलाई स्वरोजगार बनाउने कार्यक्रम अगाडि सारेको छ । सरकारले पहिलो चरणमा १२ वटा जिल्लाका विभिन्न स्थानीय तहमा रोजगारीको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कोरोनाका कारण लाखौं नागरिकले रोजगारी गुमाएको अवस्थामा सरकारले स्थानीय तहमै रोजगारी सृजना गर्ने कार्यक्रम अगाडि बढाएको छ ।शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत नेपाल शहरी शासकीय क्षमता पूर्वाधार विकास आयोजनाको समन्वयमा कार्यक्रम अगाडि बढ्न लागेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सहमतिअनुसार १२ जिल्लाका विभिन्न स्थानीय तहमार्फत कार्यक्रम अगाडि बढाउन लागिएको नेपाल शहरी शासकीय क्षमता पूर्वाधार विकास आयोजनाका प्रमुख परीक्षित कडरियाले बताउनुभयो ।

स्वीकृत कार्यक्रमअन्तर्गत पाँचथर जिल्लाको फिदिम, सिराहको गोलबजार, सर्लाहीको हरिवन, दोलखाको भीमेश्वर, नवलपरासी पश्चिमको कावासोती, पर्वतको फलेवास, अर्घाखाँचीको सन्धिखर्क, दाङको लमही, जाजरकोटको भेरी, रुकुमपश्चिमको मुसिकोट, डडेलधुराको अमरगढी र कैलालीको लम्किचुहा नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । सरकारले स्वीकृत गरेको कार्यक्रम आयोजनाको समन्वयमा सम्बन्धित स्थानीय तहले नै कार्यक्रम कार्यान्वयन गर्नेछ । रोजगारीको कार्यक्रम सृजना गर्नका लागि अर्थ मन्त्रालयले १२ वटा स्थानीय तहका लागि २ अर्ब ८ करोड रुपियाँ बजेटसमेत पठाउनेछ । यस आर्थिक वर्षबाट शुरु हुने कार्यक्रमअन्तर्गत तीन वर्षको अवधिमा उक्त बजेट खर्च हुनेछ । आयआर्जनको अवस्था उकास्ने र स्थानीयस्तरमै रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सरकारले लिएको छ ।

आयोजनाका प्रमुख कडरियाले कोभिड–१९ को कारण प्रभावित नागरिकहरुको आर्थिक गतिविधि उकास्न नगरपालिकाबाट निर्धारित श्रममूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ‘कोरोनाको कारण रोजगारी गुमाएका नागरिकहरुलाई लक्षित गरेर कार्यक्रम बनाएर लागू भएका स्थानीय तहसँग समन्वय गरेर प्रभावकारीरुपमा काम अगाडि बढाउँछौं।’ –उहाँले भन्नुभयो । राष्ट्र बैंकको अध्ययनअनुसार गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै कोरोना भाइरसका कारण नेपालमा २२ दशमलव ५ प्रतिशतले रोजगारी गुमाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले कोरोना भाइरसको कारण कतिले रोजगारी गुमाए भन्ने तथ्यांक संकलन गर्ने क्रममा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कोरोना भाइरस समाप्त भइसकेको छैन, कतिले रोजगारी गुमाए भन्ने तथ्यांक संकलन गर्ने गृहकार्यमा जुटेका छौं ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलका प्रेस संयोजक रामेश्वर कार्कीले कोरोनाबाट देशको अर्थतन्त्रमा परेको प्रभावको बारेको तथ्यांक प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाइसकेको बताउनुभयो । उहाँका अनुसार कोरोनाबाट रोजगारी गुमाउनेहरुको तथ्यांक पनि आयोगले संकलन गरिसकेको र केही समयभित्र नै सार्वजनिक गरिनेछ । नेपाल समाचारपत्र दैनिक