२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दा बिहीबार भान्जी आरती सिंहको विवाहमा पुगेका थिए । यो बिहेमा उनी छोरा यशका साथ आएका थिए । तर, उनकी श्रीमती सुनिता भने यस समारोहमा देखिइनन् ।

गोविन्दाको उपस्थितीले उनले भान्जा कृष्णा अभिषेकसँगको सबै गुनासो सुल्झाएको अनुमान गरिएको छ ।

आरतीको विवाहसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा देखा परेका छन् । यी भिडियोमा गोविन्दा आफ्नी भान्जीलाई आशीर्वाद दिन आएको देख्न सकिन्छ । यस क्रममा उनले पापाराजीसँग पनि कुराकानी गरे ।

कृष्णा र उनकी पत्नी कश्मिराले पनि गोविन्दाको आगमनमा खुसी व्यक्त गरेका छन् । कृष्णाले भने – आज म धेरै खुसी छु । आजको दिन आरती र हामी सबैको लागि धेरै खुसीको दिन हो । मामालाई देखेर धेरै खुसी लाग्यो । यो हाम्रो मनको कुरा हो । हामीसँग भावनात्मक सम्बन्ध छ ।’

गोविन्दा आएपछि कश्मिराले पनि खुशी व्यक्त गरेकी छन् । उनले भनिन् ‘मैले पनि उनको खुट्टा छुएँ । म धेरै खुशी छु । उहाँले (गोविन्द।) मेरा दुवै छोराछोरीलाई आशीर्वाद पनि दिनुभयो, जसले मलाई झनै खुशी बनायो ।’

कृष्णाले भनेका थिए– बिहेको पहिलो कार्ड मामालाई जान्छ
केही समयअघि आरती सिंहको विवाहको खबर मिडियामा आएपछि डीएनए इन्डियालाई दिएको अन्तर्वार्तामा कृष्णालाई आरतीको विवाहमा गोविन्दालाई निम्तो दिने हो कि भनेर सोधिएको थियो । त्यसमा उनले भनेका थिए– अरे निमन्त्रणा पहिले उहाँलाई जान्छ । उहाँ मेरो मामा हुनुहुन्छ । हामीबीच केही तिक्तता छ, तर त्यो फरक मुद्दा हो । तर पहिलो विवाहको कार्ड उहाँलाई जान्छ । यो बिहेमा उहाँ पक्कै आउनुहुनेछ ।

सन् २०१६ मा पहिलो पटक यी दुईबीच दरार आएको थियो
पछिल्ला केही वर्षदेखि यी दुईबीच मनमुटाव चलिरहेको थियो । दुवैले पटकपटक मेलमिलाप पनि गरेका छन् । कृष्णा र गोविन्दबीचको तनाव कृष्णाको बयानबाट सुरु भयो । सन् २०१६ मा उनले रियालिटी शोको एक एपिसोडमा गोविन्दालाई मामाको रुपमा व्यवहार गरेको बताएका थिए ।

गोविन्दालाई उनको यो कुरा पटक्कै मन परेन । जसमा गोविन्दाले पैसाको लागि टेलिभिजनमा कसैको अपमान नगर्ने बताएका छन् । गोविन्दाको यो भनाइमा कृष्णाले आफूले नराम्रो नियतले यी कुरा नभएको बताएका थिए ।

रियालिटी शो बिग बोस १३ मा देखिएकी अभिनेत्री आरतीले मुम्बईका व्यापारी दीपक चौहानसँग विवाह गरेकी हुन् ।

 




भर्खरै