२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइजरको कोरोना खोपलाई प्रयोगका लागि अस्ट्रेलियाको अनुमति



अ+ अ-

अस्ट्रेलिया । फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियाले प्रयोगका लागि अनुमति दिएको छ । अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो । प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएकै दिन खोप प्रयोगको अनुमति आएको बताए । उनले खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले सबै अस्ट्रेलियालीले विश्वस्तरको नियमनकारी निकायबाट अनुमति प्राप्त भएकाले गुणस्तरमा विश्वस्त हुन आग्रहसमेत गरेका छन् । उनले सरकारले सोचजस्तै अर्को महिनाको मध्य तथा अन्तिमसम्म अस्ट्रेलियामा खोप दिन सुरु गरिने जनाएका छन् । उनले विश्वमा देखिएको खोपको आपूर्ति अहिलेको लागि चुनौती हुनसक्ने समेत बताएका छन् । फाइजरपछि अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा निर्मित खोपले अनुमति पाउने सञ्चारमाध्यमले उल्लेख गरेमन छन् । सरकारले पहिलो चरणमा ल्याएको खोप वृद्धवृद्धाका साथै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलगायतलाई वितरण गरिने सरकारले घोषणा गरेको छ ।

साताको ८० हजारका दरले उनीहरुलाई पहिलो चरणको खोप दिइने योजना सार्वजनिक भएको छ, जसलाई बढाएर मार्चसम्ममा ४० लाख पुर्‍याइने योजना छ । यसैगरी मार्चको अन्त्यसम्ममा हरेक साता अक्सफोर्ड–एस्ट्राजेनेकाको १० लाख डोज कोरोना खोप उपलब्ध हुने स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिएका छन् । युरोपमा खोप अभावको खबर सार्वजनिक भइरहे पनि अस्ट्रेलियाले भने आफूले समयमै खोप पाउने विश्वास व्यक्त गरेको छ ।

अस्ट्रेलियाले १४ करोड डोज कोरोना खोपका लागि विभिन्न कम्पनीसँग सहमति गरिसकेको बताइएको छ । विभिन्न १ हजार खोप केन्द्रबाट वितरण गरिने खोपका लागि सरकारले केही साता पहिले नै विभिन्न ५ तहको कार्यक्रम नै सार्वजनिक गरिसकेको छ । कान्तिपुर दैनिक




भर्खरै